सोमबार खनाल स्वदेश फर्कने
१३ भदौँ, रौतहट । भारतको दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराउँन गएका वरिष्ठ नेता झलनाथ खनाल सोमबार स्वदेश फर्कने भएका छन् ।
गत असार २ गते उपचारको लागि दिल्ली गएका खनाल भोली नेपाल फर्कन लागेको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
उपचाररत खनालको स्वास्थ्यमा सुधार भएपछि, उनी स्वदेश फर्कन लागेको भट्टराईले बताए । खनाल दिल्ली जाँदा नेकपा (एमाले)को विवाद उत्कर्षमा थियो । उनले दिल्लीबाट नै आफू नेकपा ९एकीकृत समाजवादी०मा रहेको भन्दै सनाखत समेत गराएका थिए ।






