कोरोनाविरुद्ध लडाइमा १ करोड रुपैयाँ सहयोग गरे; सचिन

   १७ बैशाख २०७८, शुक्रबार ११:५५  

१७ बैशाख, रौतहट । भारतमा पछिल्लो समय कोरोना महामारीले भयावह स्थिति सिर्जना भएको छ ।

यसैबीच केही दिनअघि कोरोना संक्रमित भएका भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकरले कोरोनाविरुद्ध लडाइमा १ करोड भारतीय रुपैयाँ सहयोग गरेका हुन् । भारतमा हाल दैनिक लाखौँ मानिस संक्रमित हुँदा हजारौँले ज्यान गुमाइरहेका छन् ।

पूर्व क्रिकेटर सचिनले ट्विटरमार्फत कोरोनाविरुद्धको लडाईँमा थोरै भएपनि मद्दत पुगो भनेर आफूले सहयोग गरेको बताएका छन् ।

सचिनले भारतका अस्पतालमा अक्सिजन आपूर्तिका लागि सहयोग संकलन गरिरहेको एनजिओ ‘मिसन अक्सिजन’लाई १ करोड भारतीय रुपैयाँ सहयोग गरेको जानकारी दिएका हुन् ।