बेलायतमा २४ घन्टामा २ हजार ६ सय नयाँ संक्रमित थपिए

   ३ बैशाख २०७८, शुक्रबार १२:१५  

३ वैशाख, रौतहट । बेलायतमा पछिल्लाे २४ घन्टामा २ हजार ६ सय ७२ जना नयाँ संक्रमित थपिएका छन् ।

बेलायतका स्थानिय समाचार संस्थाहरुका अनुसार संक्रमितको संख्या ४३ लाख ८० हजार ९७६ पुगेको छ ।

बेलायतमा सक्रिय संक्रमितको संख्या एक लाख ४० हजार ४४७ छ भने ४१ लाख १३ हजार ३३८ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या एक लाख २७ हजार १९१ पुगेको छ ।

कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारतपछि बेलायत पाँचौं स्थानमा छ ।