ब्राजिलमा २४ घण्टामा कोरोना कारण ३ हजार ४५९ जनाको मृत्यु

   २ बैशाख २०७८, बिहीबार १६:४२  

२ वैशाख, रौतहट । ब्राजिलमा २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणको कारण ३ हजार ४५९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४ पुगेको छ ।

सोही अवधिमा ७३ हजार ५१३ थप व्यक्तिमा कोरोना भाइरसको सङक्रमण भएपछि कुल सङ्क्रमितको संख्या एक करोड ३६ लाख ७३ हजार ५०७ जना पुगेका सो मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलको साओ पाउलो शहर कोरोना भाइरसको कारण अति प्रभावित भएको छ । यहाँ कोरोना भाइरसको माहामारी शुरु भएदेखि हालसम्म २६ लाख ८६ हजार ३१ जना सङ्क्रमित भएका छन् भने सङ्क्रमणबाट ८५ हजार ४७५ जनाको मृत्यु भएको छ ।