भारतमा पहिलाे पटक एकै दिन थपिए काेराेनाका २ लाख संक्रमित
२ वैशाख, रौतहट । भारतमा फैलिएकाे कोरोना भाइरस महामारी अति भयावह बन्दै गएको छ र संक्रमण तथा मृत्युदर पनि तीव्र गतिमा बढिरहेको छ । भारतमा पहिलोपटक एकै दिन दुई लाख भन्दा धेरै संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या दुई लाख भन्दा बढि पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई लाख ७३९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै सो अवधिमा कोभिड–१९ का कारण एक हजार ३८ जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।
योसँगै भारतमा कुल संक्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढि पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १४ लाख ७१ हजार ८ भय भन्दा धेरै छ ।
कोभिड–१९ का कारण भारतमा हालसम्म एक लाख ७३ हजार १२३ जनाको ज्यान गएको छ । भारतमा खोप अभियान पनि जारी छ ।
हालसम्म ११ करोड ४४ लाख ९३ हजार भन्दा धेरै कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाएका छन् ।