भारतमा थपिए १ लाख ४४ हजार कोरोना संक्रमित
द नेपाल मिडिया
२८ चैत्र २०७७, शनिबार ११:३१
२८ चैत, रौतहट । भारतमा नयाँ कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा नै भारतमा १ लाख ४४ हजार ८ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै भारतमा हालसम्म कोरोना संक्रमितको कुल संख्या १ करोड ३२ लाख ५ हजार ९ सय २६ पुगेको छ । जसमध्ये हाल भारतमा उनीहरुमध्ये १ करोड १९ लाख ९० हजार ८ सय ५९ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, विगत २४ घण्टामा भारतमा थप ७ सय ९४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससंगै हालसम्म भारतमा संक्रमणबाट ज्यान ज्यान गुमाउनेहरुको कुल संख्या १ लाख ६८ हजार ४ सय ३६ पुगेको छ ।
हाल भारतमा १० लाख ४६ हजार ६३१ सक्रिय संक्रमित छन् ।