म्यानमारमा प्रर्दशन जारी, मृत्यु हुने संख्या ६ पुगे

   २७ चैत्र २०७७, शुक्रबार १२:२२  

२७ चैत, रौतहट । म्यानमारमा भएको प्रर्दशनहरुमा सेनाले चलाएको गोली लागी कम्तिमा ६ सय जनाको मृत्यु भइसकेको छ। अन्तर्राष्ट्रिय मिडियाहरुका अनुसार मृत्युहुने मध्ये ४६ जना बालबालिका रहेका थिए।

म्यानमारमा गत फेब्रुअरी १ मा त्यहाँको सेनाले ‘कू’ गरी शासन सत्ता हातमा लिएको थियो। त्यसपछि त्यहाँ प्रजातन्त्र पुनस्र्थापनाको माग राख्दै म्यानमारी जनताले निरन्तर आन्दोलन गरिरहेका छन्।

प्रदर्शनकारीमाथि म्यानमारी सुरक्षा फौजले बर्बर दमन गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन्। हालसम्म ३ हजारभन्दा बढी प्रदर्शनकारीलाई सुरक्षा फौजले पत्राउ गरी थुनेको छ।