मोदीले लगाए कोरोनाको दोस्रो खोप

   २६ चैत्र २०७७, बिहीबार १०:३५  

२६ चैत, रौतहट । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो डोजको कोरोना खोप लगाएका छन् ।

मार्च १ मा पहिलो डोजको कोभ्याक्सिन लगाएका मोदीले दोस्रो डोजको लगाएका हुन् । उनले दोस्रो डोजको खोप लगाएको भारतिय मिडियाले जनाएका छन् ।

भारतमा बायोटेकले बनाएको कोभ्याक्सीन र अक्सफोर्ड विश्वविद्यालयसँग एस्ट्राजेनेका कम्पनीले बनाएको कोभिशिल्ड प्रयोग गरिएको छ ।

यस्तै, भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा बढ्दै गइरहेको छ । एजेन्सी