भारतमा थपिए ९६ हजार ९८२ संक्रमित, ४४६ जनाको मृत्यु
द नेपाल मिडिया
२४ चैत्र २०७७, मंगलवार १४:३०
२४ चैत, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा थप ९६ हजार ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतमा यससंगै हालसम्म कोरोना संक्रमितको कुल संख्या १ करोड २६ लाख ८६ हजार ४९ पुगेको छ।
यस्तै, बितेको २४ घण्टामा मात्रै कोरोनाबाट थप ४ सय ४६ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससंगै हालसम्म संक्रमणका कारण ज्यान गुमाउनेहरुको कुल संख्या १ लाख ६५ हजार ५ सय ४७ पुगेको छ।
त्यसैगरी, हाल भारतमा सक्रिय संक्रमितको संख्या ७ लाख ८८ हजार २ सय २३ छ, भने संक्रमणमुक्त हुनेको संख्या १ करोड १७ लाख ३२ हजार २ सय ७९ पुगेको छ।
यस्तै, भारतमा हालसम्म ८ करोड ३१ लाख १० हजार ९ सय २६ जनाले कोरोना खोप लगाएका छन्। बीबीसी