नाइजेरियाको जेलबाट १८ सय कैदीहरु फरार
२४ चैत, रौतहट । नाइजेरियाको एक जेलबाट १८ सय कैदीहरु फरार भएका छन्। बन्दुकधारीको आक्रमणपछि कैदीहरु जेलबाट भागेका त्यहाँका अधिकारीहरुले बताएका छन्।
आक्रमणकारीहरु दक्षिण–पूर्वी सहर आवेरीस्थित जेलको प्रशासनिक भवनमा विस्फोट गर्दै भित्र पसेको बताइएको छ। जेल तोडेर भागेका ६ जना कैदी फर्किएका अधिकारीहरुले बताएका छन्। यस्तै‚ ३५ जनाले भाग्न अस्वीकार गरेको बताइएको छ।
प्रहरीले प्रतिबन्धित पृथकतावादी समूह द–इन्डिजीनीएस पिपुल अफ बीयाफ्राले आक्रमण गरेको आरोप लगाएको छ। यद्यपि‚ उक्त समूहले त्यस आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गरेको छ।






