ताइवानमा ट्रेन दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु
२० चैत, रौतहट । ताइवानको पूर्वी भागमा शुक्रवार बिहान यात्रुहरूले खचाखच एक ट्रेन दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
घटनामा दर्जनौं मानिस घाइतेहरुलाई अस्पताल लगिएको अधिकारीहरूले बताएका छन् । ट्रेन लीकबाट झरेर कैयौं मानिस अझै पनि ट्रेनमै च्यापिएका छन् ।
सुरुङभित्र फसेका चारवटा डब्बाहरूमा उद्धारकर्ताहरू पुग्ने कोशिश गरिरहेका छन् । ती डब्बाहरू नराम्ररी कुच्चिएकाले त्यहाँ पुग्न गाह्रो परिरहेको छ ।
आठवटा डब्बा भएको ट्रेन ताइतुङतिर जाँदै थियो र त्यसमा ३५० जना यात्रु थिए । स्थानीय समयअनुसार बिहान ९ः२८ मा ट्रेन हुआलिएनभन्दा उत्तरतर्फ सुरुङभित्र ट्य्राकबाट झरेको थियो ।
आरम्भिक अनुसन्धानमा डब्बा दुई र तीन ट्य्राकबाट उफ्रिएर सुरुङको भित्तोमा ठोकिएको ताइवानको सेन्ट्रल न्युज एजेन्सीले खबर दिएको छ ।






