भारतमा थप ३५४ जना कोरोना पुष्टि
द नेपाल मिडिया
१८ चैत्र २०७७, बुधबार १०:५८
१८ चैत, रौतहट । भातरमा पछिल्लो २४ घण्टामा थप ५३ हजार४ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कूल संक्रमितको संख्या १ करोड २१ लाख ४९ हजार ३ सय ३५ पुगेको छ ।
यस्तै, कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण विगत २४ घण्टामा थप ३ सय ५४ जनाको मृत्यु भएको छ, भने हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या १ लाख ६२ हजार ४ सय ६८ पुगेको छ ।
त्यसैगरी, हाल भारतमा ५ लाख ५२ हजार ५ सय ६६ जना संक्रमित उपचाररत रहेका छन् । एजेन्सी