भारतमा थपिए ६२ हजार कोरोना संक्रमित
१५ चैत, रौतहट ।
भारतमा पछिल्लो २४ घण्टामा ६२ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिन अघिसम्म ३० देखि ४० हजारबीचमा भेटिने गरेका संक्रमित अब दैनिक ६० हजार माथि पुग्न थालेका हुन्।
कोरोना नियन्त्रणका लागि केन्द्र र राज्य सरकारले अनेक प्रयास गरिरहे पनि नियन्त्रण प्रयास असफल भइरहेको छ। पछिल्लो २४ घण्टामा ३० सय भन्दा धेरैले ज्यान गुमाएका छन्। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टाभित्र ३ सय १२ को ज्यान गएको हो।
भारतमा कोरोनाले खतरनाक रुप लिँदै गर्दा त्यसको जोखिम नेपालतिर बढ्न थालेको छ । भारतमा लाखौँ नेपाली रोजगारीका क्रममा छन् । भारतमा कोरोना बढेपछि त्यहाँबाट हजारौँ नेपाली फेरि घर फर्किने अवस्था छ।
यसका अलावा देशमा लगातार कयौँ दिनदेखि निको हुने बिरामीको संख्यामा पनि व्यापक कमी आएको छ। पछिल्लो २४ घण्टामा २८ हजार ७३९ बिरामी निको भएका छन्। अर्कातिर संक्रमित बिरामीको संख्या ६२ हजार माथि छ। अर्थात् नयाँ संक्रमितको आधा मात्रै बिरामी अहिले निको हुन थालेका छन्। एजेन्सी