विरोधबिच भारतीय प्रधानमन्त्री बंगलादेशमा
१४ चैत । बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको जन्मशताब्दी र बंगलादेश स्वतन्त्र भएको ५० वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री शेख हसिनाको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बंगलादेश पुगेका छन् ।
मोदीको भ्रमणको विरोध भइरहँदा उनी बंगलादेश पुगेका हुन्। बंगलादेशमा रहेका मुसलमान र विद्यार्थी संगठनहरुले मोदीको भ्रमणको विरोध गरेका हुन् । राजधानी ढाकास्थित बैतुल मोकार्रम मस्जिद बाहिर करिब ५०० जना मुस्लिम समुदायका व्यक्तिहरुले एक हप्ता अघि र्याली निकालेर विरोध प्रदर्शन गरेका थिए। यस्तै, वामपन्थी विचारधाराबाट प्रभावित करिब २ हजार विद्यार्थीहरुले ढाका विश्वविद्यालयको बाहिर मोदीको भ्रमण विरुद्ध मार्चपास निकालेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर बंगलादेशमा विरोध प्रदर्शन भएको छ । भारतमा मुसलमानमाथि अत्याचार गरेको र धार्मीक द्वन्द्व बढाएको आरोप लगाउँदै पछिल्लो केही सातादेखि बंगलादेशमा मोदीको भ्रमणको विषयलाई लिएर विरोध प्रदर्शन भइरहेको छ ।






