बेलायतमा २४ घण्टामा ७० जना संक्रमितको मृत्यु
द नेपाल मिडिया
१४ चैत्र २०७७, शनिबार ११:३८
१४ चैत, रौतहट । बेलायतमा पछिल्लो २४ घन्टामा थप ७० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख २६ हजार ५१५ पुगेको छ ।
यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ६ हजार १८७ नयां संक्रमित थपिएर कुल संक्रमित संख्या ४३ लाख २५ हजार ३१५ पुगेको सरकारी तथ्याँकहरुमा उल्लेख छ ।
भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या ६३० रहेको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो २४ घन्टामा ३५४ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका थिए ।