मुम्बईको सनराइज अस्पतालमा आगलागी हुदाँँ ९ जनाको मृत्यु
द नेपाल मिडिया
१३ चैत्र २०७७, शुक्रबार १३:०६
१३ चैत, रौतहट । भारतको मुम्बईमा रहेको ड्रिम्स मल स्थित सनराइज अस्पतालमा आगलागीका कारण ज्यान गुमाउने संख्या ९ पुगेको छ ।
मुम्बई दमकल विभागका प्र्रमुखले भने शुक्रबार सनराइज अस्पतामा भएको आगलागीले ९ जनाको मृत्यु भएको हो । आगो लाग्नुको कारण अझै खुलेको छैन ।
ड्रिम्स मलको तेश्रो तल्लामा रहेको उक्त अस्पतालमा ७० कोरोनाभाइरस संक्रमितको पनि उपचार भइरहेको थियो । जसमध्ये ७ जना भेन्टिलेटरमा समेत रहेका थिए ।
हाल संक्रमितहरुलाई अर्को अस्पतालमा सारिएको छ । आगो जसले लगाए पनि त्यसमाथि छानबिन गरेर कारवाही गरिने मुम्बई प्रहरीको भनाई छ ।