अमेरिकामा गोली चल्दाँ एक जना प्रहरी सहित ९ जनाको मृत्युु

   १० चैत्र २०७७, मंगलवार ११:५३  

१० चैत, रौतहट । अमेरिकामा एक बन्दुकधारीले अन्धाधुन्दा गोली चलाउँदा १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक जना प्रहरी अधिकारी पनि रहेका थिए । कोलोराडो राज्यको एक सुपरमार्केटमा छिरेर बन्दुकधारीले गोली चलाएका थिए ।

गोली चलाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको बताएको छ । तर उनी नै मुख्य अभियुक्त भन्नेमा एकिन हुन सकेको छैन् । हिराशतमा राख्नुअघि उनको अस्पतालमा उपचार गरिएको छ ।

यसले अमेरिकामा फेरि पनि नागरिकलाई बन्दुक राख्न दिने नियमबारे चर्को बहस उठेको छ । बन्दुक राख्न पाउने नियमलाई कडाईका साथ लागु गर्न नेताहरुलाई नागरिकको आग्रह छ । तर अहिलेसम्म पनि अमेरिकामा बन्दुक नियन्त्रण गर्नेबारे ठोस कानुन आएको छैन् ।

जसकारण वर्षेनी हुने अन्धाधुन्दा गोली प्रहारबाट निर्दोष नागरिकले ज्यान गुमाउनु परिरहेको छ ।