अस्ट्रेलियामा बाढीले जनजीवन प्रभावित

   ८ चैत्र २०७७, आईतवार ११:०९  

८ चैत, रौतहट । अस्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा लगातार भारी वर्षा भएपछि जनजीवन प्रभावित हुन पुगेको छ। बाढीले गर्दा दर्जनौं मानिस घरबिहिन छन्।

न्यू साउथ वेल्सका होचो भूभागमा बस्नेहरुलाई घर खाली गरेर अन्यत्र जान सुचना गरिएको छ। प्रशासनले त्यहाँ खतरनाक बाढी आउन सक्ने चेतावनी दिएको छ।

बाढीको आशंकामा सिड्नीमा पनि कैयौं स्थान खाली गर्न चेतावानी दिएको छ। सिड्नीको उत्तरी क्षेत्रमा बस्नेहरुलाई त्यहाँबाट निकाल्न प्रशासनले मद्दत गरिरहेको छ।

बीबीसीका अनुसार मुख्य सडकहरु बन्द भएका छन्। कैयौं घरहरु बाढीले बगाएको छ। सिड्नी सहरका लागि पानीको मुख्य स्रोत वार्रगम्बा ड्याममा पानी ओभरफ्लो भइसकेको छ।