भारतमा पुनः कोरोना संक्रमितमा तिब्रता, नयाँ रेकर्ड बनाउदै

   ८ चैत्र २०७७, आईतवार १०:५७  

८ चैत, रौतहट । भारतमा पुनः कारोनाले आफ्नो नयाँ रेकर्ड बनाउँदै छ । दैनिक संक्रमण बढ्दै गएको भारतमा पछिल्लो तीन दिनमा १ लाख २४ हजार ४०८ जना संक्रमित भएका छन् ।

त्यसै गरि पछिल्लो २४ घण्टामै ४३ हजार ८१५ जना संक्रमित भई वर्षकै धेरै संक्रमितका रेकर्ड बनाएका छन् । पछिल्लो वृद्धि भएसँगै भारतमा कुल संक्रमितको संख्या १ करोड १५ लाख ९८ हजार ७१० पुगेको छ ।

योे समाचार तयार पार्दासम्म भारतमा १ करोड ११ लाख २८ हजार ११९ जना संक्रमणमुक्त भएका छन् । भारतमा अब सक्रिय संक्रमितको संख्या ३ लाख १० हजार ८०१ रहेको छ ।