भारतमा २४ घण्टामा वर्षकै सब भन्दा धेरै संक्रमित

   ५ चैत्र २०७७, बिहीबार ११:१३  

५ चैत, रौतहट । भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ को धेरै हो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड १४ लाख ७३ हजार ९५६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १७० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५९ हजार २४९ पुगेको हो ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १० लाख ६० हजार ९५१ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २ लाख ५३ हजार ७४६ छ ।