जापानको फुकुशिमा ५.३ म्याग्नीच्यूडको भूकम्प
द नेपाल मिडिया
४ चैत्र २०७७, बुधबार १६:५१
४ चैत, रौतहट । जापानको फुकुशिमा प्रिफेक्चर नजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
जापानको मौसम विज्ञान विभागका अनुसार उक्त भूकम्प स्थानीय समयअनुसार साँझ ५:२९ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको थियो ।
भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ ।