अमेरिकामा कोरोना संक्रमित संंख्या ३ करोड नाघे,मृत्क संख्या ५ लाख ४८ हजार नाघे

   ३ चैत्र २०७७, मंगलवार १७:१९  

३ चैत, रौतहट । अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४५ हजार ४५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १ लाख ३८ हजार ५८६ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड २२ लाख ८६ हजार ५५१ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ७३ लाख ४ हजार २२ जनामध्ये ९ हजार २८६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो मृत्यु हुनेको संख्या ५ लाख ४८ हजार नाघेको छ ।