स्वीजरल्याण्डमा अब महिलाहरुले अनुहार ढाक्नु नपर्नेे
२४ फागुन, रौतहट । स्वीजरल्याण्डमा महिलाहरुले अब अनुहार ढाक्न नपर्ने भएको छ । हालै भएको जनमत संग्रहले मुहार ढाक्ने पोशाकमा लगाइएको प्रतिबन्धको विपक्षमा मतदान गरेको हो ।
यस अघि स्वीजरल्याण्डमा महिलाहरुले अनिवार्य रुपमा अनुहार ढाक्नु पर्ने नियम थियो तर अब भने यो प्रथा अन्त्य हुन गएको छ ।
महिलाले अनुहार ढाक्नु नपर्ने प्रस्तावको समर्थनमा ५१ दशमलव २ प्रतिशत मानिसले भोट हालेका थिए भने विपक्षमा ४८ दशमलव ८ प्रतिशत मानिसले मतदान गरेका थिए । तर स्वीस इस्लामिक समूहले यसलाई मुस्लिमहरूका निम्ति ‘एक अँध्यारो दिन’ भएको टिप्पणी गरेको छ ।
स्वीस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो । कतिपय आलोचकहरूले उक्त प्रस्तावलाई इस्लामप्रति त्रास फैलाउने खालको भएको बताएका छन् ।
स्वीट्जरल्याण्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केही दर्जनले मात्र त्यस्तो पोशाक लगाउने गरेको उनीहरूले औंल्याएका छन् । अब उक्त प्रतिबन्ध स्वीस संविधानमा उल्लेखित हुनेछ । स्वीट्जरल्याण्डमा मानिसहरूलाई उनीहरूको मामिलाबारे निर्णयको प्रत्यक्ष अधिकार प्राप्त छ ।






