शारजाह बाट लखनऊ जादैँ गरेको विमानको पाकिस्तानमा इमरजेन्सी अवतरण

   १८ फाल्गुन २०७७, मंगलवार १२:२८  

१८ फागुन, रौतहट । युनाइटेड अरब एमिरेट्स (युएई)को शारजाह बाट लखनऊको लागि उडान गरेको इण्डिगो 6E 1412 विमानलाई मेडिकल इमरजेन्सीको लागि कराचीमै अवतरण गरेको थियो । अचानक एक यात्रुको स्वास्थ्य अवस्था बिग्रेको कारणले आपतकालीन अवतरण गराइएको थियो । अवतरण पच्छ्यात पनि यात्रुको जान बचाउँन सकिएन् ।

इण्डिगो एयरलाइन्सले जारी गरेका विज्ञप्तिमा भनिएको छ , चिकित्सा आपतकालिनका कारण शारजाहबाट लखनऊको लागि उडान गरिएको विमान मेडिकल इमरजेंसी अवतरण भएको थियो । यद्यपी, दुर्भाग्यवश यात्रीलाई बचाउन सकिएन र एयरपोर्ट मेडिकल टीमले मृतक घोषित गरे ।

एक भारतीय न्यूजका अनुसार लखनऊ जाँदै गरेका् उडान पाकिस्तानी एयरस्पेमा थियो, तक अचानक एक यात्रुको स्वास्थ्य बिग्रियो । यसपछि , उडान कप्तानले हवाई यातायात नियन्त्रणलाई सम्पर्क गरे र कराची एयरपोर्टमा मेडिकल आपतकालीन अवतरणको लागि अनुमति मागे । अनुमति पाइसकेपछि अवतरण बिहान ५ बजेर ३० मिनेटमा कराचीको जिन्ना एयरपोर्टमा गरिएको हो ।

नोभेम्बरमा, साउदी अरेबियाबाट भारत जादै गरेको विमानमा एक यात्रुको स्वास्थ्य अवस्था बिग्रेर आपतकालीन अवतरण पनि पाकिस्ताको पोर्ट सिटिमा गरिएको थियो । त्यो यात्रुलाई हृदयघात भएको थियो र उनलाई पनि बचाउन सकिएको थिएन् ।