फ्रान्सका पूर्व राष्ट्रपति सार्कोजीलाई तीन वर्षको जेल चलान
१८ फागुन, रौतहट । फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल चलान भएको छ । सार्कोजी साथै उनका कानुन व्यवशायी र उनले घुस अफर गरेका सरकारी अधिकारीलाई तीन वर्ष जेल चलान भएको हो ।
एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोपमा उनी माथि मुद्धा दर्ता भएको थियो । सार्कोजीका कानुन व्यवसायी र ती सरकारी अधिकारीबीच भएको टेलिफोन संवाद सन् २०१४ मा प्रहरीले टेपिङ गरेको थियो।
६६ वर्षीय सार्कोजीले सजाय भएकोमध्ये एक वर्ष घरमै बसेर काट्न सक्ने जनाइएको छ । सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति भएका थिए ।