भारतले अन्तरिक्षमा अमेजोनिया–१ सहित १९ स्याटालाइट पठायो

   १६ फाल्गुन २०७७, आईतवार ११:४१  

१६ फागुन, रौतहट । भारतले एकै साथ अमेजोनिया–१ र १९ स्याटालाइट अन्तरिक्षमा पठाएको छ। जसमध्ये १३ स्याटालाइट अमेरिकाबाट प्रक्षेपण गरिएको हो।

ध्रुवीय उपग्रह प्रक्षेपण वाहनमार्फत् ६ स्याटालाइट आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट आइतबार राति १० बजेर २४ मिनेटमा प्रक्षेपण गरिएको हो।

एएनआइका अनुसार अमेजन–१ को वजन ७६३ किलोग्राम छ। यसले अमेजन क्षेत्र र ब्राजिलको कृषि क्षेत्रलाई सहयोग गर्नेछ।
१८ मध्य चार स्याटालाइट इन–स्पेस हुन्। यी मध्ये तीन भारतीय शैक्षिक संस्था, युनिटीस्ट्स युनियनका हुन् जसमा श्रीपेरम्बुदुरस्थित जेपीर इन्स्टिच्युट अफ टेक्नोलोजी, नागपुरको जीएच रायसोनी कलेज अफ इन्जिनियरिङ र कोइम्बटूरको श्री शक्ति इन्जिनियरिङ एण्ड टेक्नोलोजीको स्याटालाइट हो।

एक स्याटालाइट किड्स इन्डियाले बनाएको हो भने अन्य १४ एनएसआइएलको हो।