अफ्रिकी देश गिनीमा इबोला विरुद्धको खोप अभियान शुरु

   १२ फाल्गुन २०७७, बुधबार १०:५१  

१२ फागुन, रौतहट । अफ्रिकाको एक देश गिनीले इबोला विरुद्धको खोप दिने अभियान शुरु गरेको छ । एबोलाको महामारी फैलिएपछि गिनीले खोप अभियान शुरु गरेको हो ।

त्यहाँका सरकारी अधिकारीका अनुसार इबोला कारण मानिसको मृत्यु भएको छ त्यसैले गएको फेब्रुरी १४ तारिखमा पहिलो पटक इबोला देखिएको क्षेत्रमा खोप अभियान शुरु गरिएको हो ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीलाई इबोला विरुद्धको खोप दिएर अभियान थालिएको जनाएको छ ।

इबोलाका कारण सन् २०१३ देखि २०१६ सम्ममा ११ हजार ३ सय जनाको मृत्यु भएको थियो । इबोलाले सबभन्दा बढी प्रभावित परेका देश गिनी, लाइबेरिया र सेरालियोन हुन् ।