अमेरिकामा एक बन्दुक स्टोरमा अन्धाधुन्ध गोली प्रहार, तीन जनाको मृत्यु

   ९ फाल्गुन २०७७, आईतवार १४:०८  

९ फागुन, रौतहट । अमेरिकाको न्यू ओर्लन्सको बन्दुक स्टोरमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीनजनाको ज्यान गएको छ । अरु दुईजना घाइते भएका छन् ।

बन्दुकधारीले गोली प्रहार गरेर दुईजनाको हत्या गरेको र ग्राहक तथा स्टाफले जवाफी आक्रमण गर्दा ती बन्दुकधारीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

स्थानीय समय अनुसार शनिबार दिउँसो दुई बजेर ५० मिनेट जाँदा मेटाइरिया क्षेत्रमा रहेको जेफर्सन गन आउटलेटमा गोलीकाण्ड भएको हो ।