अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले लगाए कोरोना विरुद्धको खोप
द नेपाल मिडिया
९ फाल्गुन २०७७, आईतवार १३:५३
९ फागुन, रौतहट । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अस्ट्रेलियामा यो हप्तादेखि खोप अभियान सुरु हुँदैछ।
प्रधानमन्त्री मोरिसनले खोप लगाउँदै गरेको टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको छ। खोपप्रति सर्वसाधारणको विश्वास बढाउने उद्देश्यसहित प्रधानमन्त्री मोरिसनले खोप लगाएका हुन्।
अस्ट्रेलियामा सोमबारदेखि औपचारिक रुपमा खोप अभियान सुरु हुँदैछ। आउँदो हप्ताभित्र कम्तीमा ६० हजार जोड खोप लगाइने उद्देश्य छ।
शनिबार खोप विरोधीहरुको एक समूहले प्रदर्शन गरेको थियो। आइतबार मोरिसनसहित केही अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा केयर होमका कामदारलाई खोप दिइएको हो।
प्रधानमन्त्री मोरिसनले अग्रपंक्तिमा रहेर काम गर्ने तथा जोखिम वर्गमा रहेकाहरुलाई खोपमा पहिलो प्राथमिकता दिइने बताएका छन् ।