बोइङ ७७७ विमानमा आगलागी, विमानको पार्टपूर्जा स्थानीयको बगौंचामा

   ९ फाल्गुन २०७७, आईतवार १०:२५  

९ फागुन, रौतहट । अमेरिकाका डेनवर नजिकै विमानले उडान भरेपछि इन्जिन फेल भएर बोइङ जेट विमानको एक इन्जिनमा आगलागी भएको छ । इन्जिनको बाहिरी फ्रेम एउटा घरको अगाडि बगैंचामा खसेको छ ।

बोइङ ७७७ विमानमा २३१ यात्री र चालक दलका १० सदस्य सवार थिए । यो विमानले डेनवरबाट होनोलुलुका लागि उडान भरेको थियो ।

इन्जिनमा आगलागी भएतापनि उक्त विमान सुरक्षीत डेनवर विमानस्थलमा फिर्ता भएर अवतरण गर्न सफल भयो ।

फेडरल एभिएसन एडमिनिस्ट्रेशनका अनुसार विमान ३२८ को दायाँ इन्जिनमा खराबी आएको थियो ।

ब्रूमफिल्ड प्रहरीले स्थानीयलाई अनुसन्धानमा कुनै असर नपरोस् भनेर उक्त भग्नावशेषलाई नछुन आग्रह गरेको छ ।

एक स्थानीय व्यक्तिले सीएनएनसँगको कुराकानीमा विमानको पार्टपूर्जा खसेको र आफ्नो बच्चालाई लिएर सुरक्षित स्थानमा लुकेको बताए ।