भारतमा कोरोनाबाट मृत्यु हुने संख्या १ लाख ५६ हजार भन्दा बढी

   ८ फाल्गुन २०७७, शनिबार ११:१५  

८ फागुन, रौतहट । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५६ हजार २४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५६ हजार २४० पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ १४ हजार ५८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ९ लाख ७६ हजार ७७६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ६ लाख ७५ हजार ८८२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ४४ हजार ६५४ छ ।