दक्षिणी अमेरिकामा हिमआँधी कारण २१ जनाको मृत्यु
६ फागुन, रौतहट । अमेरिकाको दक्षिणी भागमा केही दिनदेखि जारी हिमआँधीमा परेर कम्तीमा २१ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय मौसम सेवा (एनडब्लूएस) का अनुसार दक्षिण–पश्चिम टेक्सासदेखि उत्तर–पूर्वी म्यासाचुसेट्ससम्मको क्षेत्रमा ठूलो हिमआँधी आएको हो । टेक्सास, लुजिआना, केन्टुकी, नर्थ क्यारोलिना र मिजोरी राज्य सबैभन्दा बढी प्रभावित भएका छन् ।
एनडब्लूएसले १५ करोड जनसंख्या रहेका क्षेत्रमा चेतावनी जारी गरिएको छ। बीबीसीका अनुसार मंगलबारसम्म अमेरिकाको ७३ प्रतिशत भूभाग हिउँले ढाकिएको छ । आँधीका कारण टेक्सास राज्यमा मात्रै ४० लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् ।
टेक्सासको तापक्रम ३ दशकयताकै कम अर्थात् माइनस १८ डिग्री सेन्टिग्रेट पुगेको छ । गभर्नर ग्रेग अब्बोटले अवस्था निकै भयावह भएको जनाएका छन्। ‘यो अस्वीकार्य छ,’ उनले भने । उनले विद्युत् आपूर्ति बन्द भएको विषयमा छानबिन गरिने जनाएका बीबीसीले उल्लेख गरेको छ ।