अफ्रिकी गिनीयामा ४ जनाको मृत्यु

   २ फाल्गुन २०७७, आईतवार १६:५९  

२ फागुन, रौतहट । अफ्रिकी देश गिनीको दक्षिणपूर्वी प्रान्त जेरेकोरेमा इबोलाबाट चार जनाको मृत्यु भएको छ ।

गिनीमा इबोलाबाट मृत्यु भएका चारमध्ये एक स्वास्थ्यकर्मी पनि छिन् । गिनीको राष्ट्रिय स्वास्थ्य सुरक्षा नियोगका प्रमुख साकोटा केइटाले गत जनवरीको अन्तिममा बिरामी परेकी उनको फेब्रुअरी १ मा मृत्यु भएको थियो ।

सन् २०१६ पछि पहिलोपटक इबोलाबाट मानिसको मृत्यु भएको हो । पछिल्लो पाँच वर्षमा पहिलोपटक गिनीमा इबोलाको संक्रमण देखिएको हो ।