उत्तराखण्डको चमोलीबाट अहिलेसम्म ४० वटा शव फेला

   २ फाल्गुन २०७७, आईतवार १४:३८  

२ फागुन, रौतहट । उत्तराखण्डको चमोली जिल्लामा भएको हिमनदी विस्फोटको कारण मृत्यु हुने संख्या अझै बढ्ने क्रममै छ।

अहिलेसम्म ४० वटा शव उत्तराखण्डको चमोलीमा फेला परेका छन्। जबकि १६४ व्यक्ति हराइरहेका छन् भने खोज अझै जारी छ। उत्तराखण्ड सरकारले यो जानकारी दिएको छ।

आज बिहान दुई जनाको शव फेला परेको उत्तराखण्डका डीजीपी अशोक कुमारले जनाएका छन् ।

टोलीहरूले १३० मिटर सम्म पुगेका छन् र प्रक्रियालाई चाडो गर्न कोशिस गर्दैछन्।