भारतमा गाेली हानेर ५ जनाकाे हत्या
द नेपाल मिडिया
१ फाल्गुन २०७७, शनिबार ११:५१
१ फागुन, राैतहट । भारतको हरियाणामा गोली हानेर ५ जनाको हत्या भएको छ ।
हरियाणाको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो ।
घटनामा पाँच जनाको मृत्यु भएको र दुई जना घाइते भएको समाचार एजेन्सी एएनआईले जनाएको छ ।
पुरानो रिसिइबीका कारण एउटा समूहले गोली चलाएको बताइएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।






