म्यान्मारमा प्रर्दशन जारी, सेनाद्धारा रबर बुलेट र वाटर क्याननको प्रयोग
२८ माघ, रौतहट । म्यान्मारको यंयूनमा बुधवार पनि सेनाविरुद्ध प्रदर्शन जारी नै छ । देशको विभिन्न स्थानहरुमा बिहानै देखि मानिसहरु सडकमा उत्रिएका छन् । अर्कोतिर सेनाले कडा सुरक्षाको करवाही शुरु गरेको छ ।
सेनाले प्रदर्शनकारिहरु माथि लगातार दोस्रो दिन पनि रबरको गोली, अश्रू ग्याँस र पानीको छर्रा प्रयोग गरिरहेको छ ।
लोकतान्त्रिक सरकारको तख्तापलट गर्ने सैनिक शासनका लागि अर्को एउटा समस्या उत्पन्न भएको छ ।
म्यानमारका धेरै सरकारी कर्मचारीले अफिस जान बन्द गरेका छन् । सेना प्रमुख मिङ ओङ हेङले सरकारी कर्मचारीहरुलाई कुनै पनि आन्दोलन अथवा विरोध प्रदर्शनमा सहभागि नहुन निर्देशन दिँदा दिँदै पनि कर्मचारीहरुको आन्दोलनमा सहभागिता महत्वपूर्ण भएको छ ।
एउटा रिपोर्टका अनुसार बुधवार विहान सैनिक विरुद्ध प्रदर्शन शुरु भएलगत्तै सैनिकले पनि कडा व्यवहार देखाउन शुरु गरेको छ ।
राजधानीको प्रायस् जसो सडकमा वाटर क्यानल सवारीसाधन देखिन्छन् ।
सेनालाई तीन भागमा विभाजन गरिएको छ । सबैभन्दा अगाडि भएका सैनिकको हातमा लठ्ठि छ भने दोस्रो पक्तिमा रहेका सैनिकको हातमा टियर ग्याँस रहेको छ । त्यस्तै तेस्रो पक्तिमा रहेका सैनिकको हातमा रबर बुलेट र वाटर क्यानन अपरेट गर्ने बन्दुक रहेको छ ।