डब्लुएचओः कोरोना भाइरस चीनबाट लिक भएको सम्भावना धेरै कम

   २८ माघ २०७७, बुधबार १३:२९  

२८ माघ, रौतहट । कोरोना भाइरसको उत्पत्ति कसरी भएको बारे अनुसन्धान गरिरहेको अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले चीनको प्रयोगशालाबाट लिक भएको भन्ने सिद्धान्तलाई खारेज गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को टोलीका प्रमुख पिटर बेन एम्बारेकले ‘कोरोना भाइरस चीनको प्रयोगशालाबाट लिक भएको सम्भावना धेरै कम’ भएको बताएका हुन् ।

उनले कोरोना भाइरसको उत्पत्तिबारे पत्ता लगाउने धेरै अध्ययन गर्न बाँकी रहेको बताएका छन् ।

अब, दक्षिण पूर्वी एसियामा अनुसन्धान हुनसक्ने एक अर्का विज्ञले बताएका छन् । डब्लुएचओको टिम अहिले चीनमा अनुसन्धानको अन्तिम चरणमा छ ।

सन् २०१९ मा हुबई प्रान्तको मध्यमा अवस्थित वुहान सहरमा कोरोना भाइरसको पहिलो केस फेला परेको थियो ।

विज्ञहरू कोरोना भाइरस जनावर हुँदै मानिसमा सरेको हुनसक्ने बताउँछन्, तर, यो कसरी भयो भन्नेबारे पत्ता लागेको छैन ।