दक्षिण कोरियामा कुकुर र बिरालोको कोरोना परिक्षण हुने

   २८ माघ २०७७, बुधबार १०:५१  

२८ माघ, रौतहट । दक्षिण कोरियाको राजधानी सियोलमा कुकुर र बिरालोमा कोरोना भाइरस संक्रमणको परिक्षरण गरिने भएको छ ।

घरपालुवा कुकुर र बिरालोमा कोरोनाको लक्षण देखिएपछि परिक्षण हुने भएको हो ।

सियोल शहरको स्थानीय प्रशासनले यसको बारेमा जनाएको छ ।
केहि हप्ता पहिला दक्षिण कोरियामा जनावरमा पहिलो पटक एउटा बिरालोमा कोरोना संक्रमण देखिएको थियो ।

समाचार एजेन्सी योनहाप को रिपोर्ट अनुसार, महामारीको रोकथामको लागि घरपालुवा जनावरलाई पनि आइसोलेसनमा राखिने भएको छ ।