चीनमा कोरोना विरुद्धको नक्कली खोप बनाउने ८० जना पक्राउ

   २० माघ २०७७, मंगलवार १२:०८  

२० माघ, रौतहट । चीनमा कोरोना विरुद्धको नक्कली खोप बनाउने ८० जना पक्राउ परेको छ । ग्लोबल टाइम्सका अनुसार प्रहरीले जियांग्सु, बीजिंग र शानडोंगबाट ३ हजार नक्कली खोप समेत उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले गत बर्ष सेप्टेम्बरमा गिरोहले उच्च मूल्यमा खोप वितरण गरेको जानकारी पाएको थियो सोही अनुसन्धानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको ग्लोबल टाइम्सले उल्लेख गरेका हो ।

नियन्त्रणमा लिएका ८० जनाको बयान अनुसार उक्त खोप मुलुकबाहिर पनि बिक्री वितरणको तयारी भइरहेको ग्लोबल टाइम्सले जनाएको छ । उनीहरूले सिनोभ्याक खोप भन्दै उक्त नक्कली खोप मुलुकबाहिर पठाउने तयारी गरिरहेको पनि ग्लोबल टाइम्सले जनाएको छ ।

सांघाइस्थित एक खोप विज्ञले ग्लोबल टाइम्सलाई भने, ‘खोपको कुनै असर छैन र यसले कुनै स्वास्थ्य समस्या पनि गराउँदैन । उक्त गिरोहले पैसाका लागि नक्कली खोप बिक्री गरेको पाइएको छ । उनीहरुको मानिसहरुलाई घात गर्ने उद्देश्य भएको देखिँदैन ।’

चीनमा २ कम्पनी सिनोवाक र सिनाफार्मलाई मात्र खोप लगाउन जिम्मा दिइएको छ। दुबै कम्पनीहरूले अन्य धेरै देशहरूमा खोपहरू पठाउँदै आएका छन् ।सञ्‍चारमाध्यम