अमेरिकी सुरक्षा निकायद्धारा आतंकवादको जोखिमको चेतावनी
१५ माघ, रौतहट । अमेरिकी सुरक्षा निकायका प्रमुखहरूले देशमा आन्तरिक आतंकवादको जोखिम रहेको भन्दै चेतावनी दिएका छन्। उनीहरूले त्यस्तो जोखिम गत नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनको नतिजासँग असन्तुष्ट व्यक्तिहरूबाट रहेको जनाएका हुन् ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्यूरिटीले अमेरिकी संसद् भवनमा ज्यानुअरी ६ मा निवर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूबाट भएको आक्रमणले केही अतिवादीहरूलाई आत्मबल दिएको आकलन गरेको छ ।
उसले जारी गरेको एउटा सूचनामा सरकारी निकायका कामबाट निराश भएका व्यक्तिहरूबाट त्यस्तो जोखिम रहेको उल्लेख छ।सरकारले सर्वसाधारणलाई त्यसरी सजग गराउने सूचना झन्डै एक वर्षको अन्तरालमा जारी गरेको हो । सूचनाहरूले सुझाएअनुसार केही विचारहरूद्वारा निर्देशित हिंसक अतिवादीले सरकारले गरिरहेका काम र राष्ट्रपति फेरिनुअघिको अवस्थामा असहमति जनाउँदै गलत व्याख्यामा आधारित आफ्ना गुनासाले हिंसा गर्न वा उक्साइरहन सक्छन् ।
निर्वाचित प्रतिनिधिहरू वा सरकारी सम्पत्तिमाथि ती स्वदेशी अतिवादीहरूको निसाना हुनसक्ने पनि सूचनामा उल्लेख छ ।