पुर्व राष्ट्रपति ट्रम्पविरूद्ध ८ फेब्रुअरीदेखि महाभियोगको सुनुवाइ हुने
१२ माघ, रौतहट । सत्ताबाट भर्खरै बर्खास्त भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ८ फेब्रुअरीदेखि महाभियोगमाथि सुनुवाइ हुने भएको छ।
संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटेटिभले महाभियोगको प्रतिलिपि माथिल्लो सिनेटमा पेस गर्नेछ। त्यसपछि, दुवै सदनले महाभियोगका लागि कार्वाही सुरु गर्नेछ ।
२ सय ३१ वर्षेको अमेरिकी लोकतन्त्र इतिहासमै पहिलो पटक एकै राष्ट्रपतिलाई दोस्रो पटक महाभियोगको सामान गर्नु पर्ने छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाउस अफ रिप्रिजन्टटेटिभमा यसबारे प्रस्ताव पारित भइसकेको छ ।
अमेरिकी संसदीय इतिहासमा हालसम्म तीन राष्ट्रपतिविरुद्ध संसदमा महाभियोग प्रस्तुत भएको छ । यसमा एन्ड्रयू जोनसन, बिल क्लिन्टन र डोनाल्ड ट्रम्प रहेका छन् । रिचर्ड निक्सनले भने महाभियोगबाट बच्न पहिले नै पदबाट राजीनामा दिएका थिए ।