बन्दुकधारीको आक्रमणमा परी नाइजेरियाका ६ जना सर्वसाधारणको मृत्यु
११ माघ, रौतहट। नाइजेरियाको उत्तरपश्चिम भागको कुदुना राज्यमा केही बन्दुकधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा ६ जना सर्वसाधारणको मृत्यु भएको छ ।
यस आक्रमणमा परी ६ जना सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका समेत जनाइएको छ ।
उक्त बन्दुकधारीहरुले चुकुन र गिवा क्षेत्रका केही समुदायमा ठूलो संख्यामा छापा मारेका राज्यका आन्तरिक सुरक्षा र गृह मामिलाका आयुक्त शमूएल अरुवानले बताएका छन् । यस घटनाको अनुसन्धान शुरु भएको अरुवानले बताएका छन् ।
नाइजेरियाको उत्तरपश्चिम क्षेत्रमा वर्षौदेखि अपहरण र अन्य आपराधिक गतिविधिका घटनाहरु व्याप्त रहेका छन् ।






