भारत र चीनका सैनिक कमान्डरबीच वार्ता हुदै

   ११ माघ २०७७, आईतवार १३:५४  

११ माघ, रौतहट। लामो समयपछि फेरि आज भारत र चीनका सैनिक कमान्डरबीच वार्ता हुने भएको छ ।

यसअघि नोभेम्बर ६ मा वार्ता भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार यो बैठक दुई देशको सीमा लद्दाखको एलएसीमा जारी विवाद समाधानका लागि गर्न लागिएको हो।

जहाँ गत मेदेखि दुवै देशका हजारौं सैनिक आमनेसामने छन्। यो बैठक भारततर्फ एक्सआईभी कोर्प्सका कमान्डर लेफ्टिनेन्ट जनरल पीजीके मेनन र चीनतर्फ दक्षिण सिनजियाङ सैन्य क्षेत्रका कमान्डर मेजर जनरल लियु लिनबीच हुनेछ।

बैठक एलएसीनजिक चीनतर्फको भूभाग चुङ्सुलमा हुनेछ। स्रोतका अनुसार भारतले चीनलाई पठाएको पत्रको जवाफपछि बैठक गर्न लागिएको हो।