फुटपाथमा सुतिरहेका २० मजदुरमाथि चढ्यो ट्रक,१५ जनाको मृत्यु
६ माघ, रौतहट । भारतमा गुजरातको फुटपाथमा सुतिरहेका २० जना मजदुरमाथि सडकमा गुडिरहेको एउटा ट्रक चढेको छ। गएराति गुजरातको कोसाम्बामा यो घटना भएको हो । जसमा परी १५ जनाको मृत्यु भएको छ ।
भारतीय मिडिया अनुसार ती सबै मजदुरहरु राजस्थानको कुशलगढ क्षेत्रका हुन् । उनीहरु गुजरातको कोसाम्बा क्षेत्रमा रहेर मजदुरी गर्दै आएका थिए ।
भारतीय प्रहरीलाई उद्धृत गर्दै आएका खबर अनुसार १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने तीन जनाको मृत्यु अस्पताल पुगेपछि भएको थियो । मृत्यु हुनेमा मजदुरहरुको दुई बच्चाहरु समेत रहेको थियो ।
सडकमा गुडिरहेको ट्याक्टरसँग ठक्कर खाएर ट्रक अनियन्त्रित भई फुटपाथमा चढेको भारतीय मिडियाहरुले जानकारी दिएका छन् ।