बन्दुकधारीद्धारा दुई महिला न्यायाधीशको गोली हानी हत्या

   ५ माघ २०७७, सोमबार १२:५१  

५ माघ, रौतहट । अफगानितानमा सर्वोच्च अदालतका दुई महिला न्यायाधीशको गोली हानी हत्या भएको छ । दुई महिला एक सवारीसाधनमार्फत कार्यालय जाँदै थिए तब बन्दुकधारीले उनीमाथि हमला गरेका हुन् ।

महिला न्यायाधीशमाथि बिहानै घातक हमला भएको हो । यसमा उनीहरुका ड्राइभइर पनि घाइते भए । यो घटना काबुलको कला–ए–फतुल्लाह इलाकामा भएको हो । अहिलेसम्म यसको कसैले जानकारी लिएको छैन ।

पछिल्लो हत्याका लागि तालिबानमाथि शंका जताइएको छ तर यी चरमपन्थीले यी हत्याको कुरा स्विकारेका छैनन् । तालिबानका प्रतिनिधि तथा दोहामा अफगान सरकारबीच चलिरहेको शान्तिवार्ताका बीच यो टारगेट हत्या भएको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अफगानिस्तानबाट आफ्नो सेना हटाउन जारी राखेका बीच पत्रकार, समाजिक कार्यकर्ता र राजनीतिक हस्तीलाई निशाना बनाइएको यो ताजा मामिला हो । अब अफगानिस्तानमा अमेरिकी सेनाको संख्या २,५०० रहेको छ ।

अफगानिस्तानका उप–राष्ट्रपतिले भने, ‘पहिल्यैदेखि अस्थिर देशमा अमेरिकी सेना हटेपछि थप हिंसाको आशंका छ ।’

 एजेन्सी