इन्डोनेसियामा भुकम्प पछि ज्वालामुखी विस्फोट

   ४ माघ २०७७, आईतवार १४:१८  

४ माघ, रौतहट । शक्तिशाली भूकम्प गएको एकदिनपछि इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको छ ।इन्डोनेसियाको जाभा टापुमा रहेका माउन्ट सेमरुम ज्वालामुखी विस्फोट भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

ज्वालामुखी विस्फोटको धुवाँ आकाशको माथिसम्म उडेको देखिन्छ । ५ किलोमिटर परसम्मखरानी तथा लाभाहरु छरिएका छन् । जाभा टापु इन्डोनेसियाका सबैभन्दा घनाबस्ती भएको टापु हो ।

ज्वालामुखी विस्फोटपछि त्यस टापुमा बाहिरबाट प्रवेश गर्न तत्कालका लागि रोक लगाइएको छ । इन्डोनेसियाको विपद न्यूनीकरण एजेन्सीले माउन्ट सेमरुमको आसपासका बासिन्दालाई सतर्क रहन चेतावनी दिएको छ ।

स्थानीय समय अनुसार शनिबार बेलुका पाँच बजेर २४ मिनेट जाँदा ज्वालामुखी विस्फोट भएको जानकारी दिइएको छ ।

इन्डोनेसियाकै सुलेवसी प्रान्तमा गएको ६.२ म्याग्निच्यूडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५६ पुगेको छ । समाचार संस्था रोयटर्सका अनुसार भूकम्प परी ८२० जना घाइते भएका छन् । १५ हजार घरबिहीन भएका छन् ।