दक्षिण कोरियाकी पूर्वराष्ट्रपतिलाई २० वर्षको जेल चलान सँगै १८ अर्ब जरिवाना
१ माघ, रौतहट । दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेईलाई २० वर्षको जेल सजायँ चलान भएको छ । उच्च तहको भ्रष्ट्राचार मुद्दामा त्यहाँको सर्वोच्च अदालतले उनलाई जेल सजायँ तोकेको कोरियन समाचार एजेन्सी योनाप जनाएको छ ।
योनापका अनुसार जेल सजायँका साथै पार्कलाई १८ अर्ब कोरियन वन जरिवाना तोकिएको छ ।
२०१३ देखि २०१७ सम्म दक्षिण कोरियाकी राष्ट्रपति रहेकी पार्कले विदेशी कम्पनीहरुबाट करोडौँ डलर घुस लिएको भन्दै उनीमाथि मुद्दा दायर भएको थियो ।
दक्षिण कोरियाको पहिलो राष्ट्रपति रहेकी पार्कलाई भ्रष्टाचारको अभियोग लागेपछि पदबाट हटाइएको थियो ।
६८ वर्षीया पार्क २०१७ मार्च ३१ देखि नै कारागारमा रहँदै आएकी छिन् ।