भारतमा पहिलो दिन तीन लाखलाई कोरोनाविरुद्धको खोप दिइने

   १ माघ २०७७, बिहीबार ११:४३  

१ माघ, रौतहट । भारतमा कोरोनाविरुद्ध खोपको पहिलो दिन तीन लाख मानिसलाई टीका लगाइने बताइएको छ ।

भारत सरकारले यसको पूरा तयारी गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

राष्ट्रव्यापी अभियान भन्दा पहिला ३ लाख स्वास्थ्यकर्मीलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइने बताइएको छ । १६ जनवरीमा भ्याक्सिनेशन शुरु गर्ने भनिएको छ भने त्यसका लागि देशभर २ हजार ९३४ वटा स्थान तयारी अवस्थामा राखिएको छ ।

एक केन्द्रमा करिब १०० जनालाई भ्याक्सिनेशन गरिनेछ ।