ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमा अमेरिकी संसदको हस्ताक्षर

   १ माघ २०७७, बिहीबार ११:३०  

१ माघ, रौतहट । अमेरिकी राष्ट्रपतिविरुद्ध पारित भएको महाभियोग प्रस्तावमा संसदकी सभामुख नेन्सी पेलोसीले हस्ताक्षर गर्दै त्यसलाई आधिकारिक रुप दिएकी छिन् । अब यो माथिल्लो सदनमा जानेछ पेलोसीले भने।

हस्ताक्षर गर्नुअघि पेलोसीले भनिन्, ‘आज सदनले दर्साएको छ कि कोही पनि कानूनभन्दा माथि छैन, अमेरिकाका राष्ट्रपति पनि छैनन् । डोनल्ड ट्रम्प स्पष्ट रुपमा एक देशको रुपमा एक खतरा हुन् र हामीले अमेरिकाको संविधानको सुरक्षाको जुन शपथ लिएका थियौं आज एकपटक त्यसको पुनः सम्मान गर्छौं । र अब म निकै दुःखका साथ र भारी मनले राष्ट्रपतिविरुद्ध महाभियोगको आर्टिकलमाथि दस्तखत गर्दैछु ।’