संसदमा हमला गर्ने पहिचान, ७० जनाविरुद्ध मुद्दासमेत दर्ता
२९ पुस, रौतहट । अमेरिकामा गत हप्ता संसद भवनमा हमला गर्ने १७० को पहिचान एफबीआईले गरिसकेको छ ।
एक अमेरिकी समाचार एजेन्सीका अनुसार एफबीआईले ७० जनाविरुद्ध मुद्दासमेत दर्ता गरिसकेको छ ।
यसैबीच एफबीआईले संसद भवनको हमलामा संलग्न व्यक्तिहरुलाई आत्मसमर्पण गर्न आह्वान गरेको छ ।
एफबीआईले चेतावनी दिँदै भन्यो, ‘यदि तपाईंले वासिङ्टन छोडिदिनु भएको छ भने पनि राज्यमा हाम्रा एजेन्टले तपाईंहरुलाई खोजिहाल्नेछ ।






